

काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६५ प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६६ लाख २ सय ८९ मत गणना भइसकेको छ ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । एमाले कांग्रेसभन्दा ८९ हजार मतले अघि छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट धेरै जितेको माओवादी केन्द्रसमानुपातिकमा भने एमाले र कांग्रेसको तुलनामा कमजोर छ । एमालेले २२ लाख ८१ हजार ४ सय ९८ मत ल्याउदा कांग्रेसले उसकै हाराहारी २१ लाख ९२ हजार ९ सय ४९ मत ल्याएको छ । माओवादी केन्द्रले उनीहरुको अधा पनि ल्याउन सकेको छैन । उसको ९ लाख ३ हजार ९ सय ७७ मत छ ।
संघीय समाजवादी फोरमले ३ लाख कटाएको छ । उसले ३ लाख १ हजार १ सय ४० मत ल्याएको छ । त्यस्तै थ्रेसहोल्ड कटाएको राजपाले २ लाख ४१ हजार ३ सय २२ मत ल्याएको छ । राप्रपा र विवेकशीलनेपालले ३ प्रतिशतको थ्रेसहोल्ड अझै भेटेका छैनन् ।
कसको कति मत ?
एमाले– २२ लाख ८१ हजार ४ सय ८९
कांग्रेस– २१ लाख ९२ हजार ९ सय ४९
माओवादी केन्द्र–९ लाख ३ हजार ९ सय ७७
संघीय फोरम– ३ लाख १ हजार १ सय ४०
राजपा– २ लाख ४१ हजार ३ सय २२
राप्रपा– १ लाख ५१ हजार ८३
विवेकशील– १ लाख ४८ हजार ३ सय ५३
नयाँ शक्ति– ६३ हजार १ सय ५०
राप्रपा(प्रजातान्त्रिक)– ५२ हजार ८ सय २३
राष्ट्रिय जनमोर्चा–३८ हजार २ सय ८७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।