एजेन्सी- जेलबाहिर भएपछिको पहिलो फिल्म 'भूमि'को प्रचारमा रहेका बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो कमेडी सिरिज 'मुन्ना भाइ'को काम चलिरहेको बताएका छन्।
यससँगै उनले सो सिरिजमा यसअघि सार्वजनिक गरिएको 'मुन्ना भाइ चले अमेरिका'को कथा फिल्ममा नहुने पनि खुलासा गरेका छन्।
पत्रकार सम्मेलनमा पहिले सार्वजनिक भएको टिजरका बारेमा सोधिएपछि सञ्जयले यस्तो बताएका हुन्। 'अहँ त्यो अब हुँदैन किनकि मैले अमेरिकाको भिसा पाउँदिन। त्यसैले त्यो अब बन्ने छैन,' उनले भने।
सञ्जयले परिवारको सुरक्षाको लागि आतंकवादीसँग हतियार किनेको पुष्टि भएकाले उनले जीवनभर अमेरिकाको भिसा पाउन सक्दैनन्। त्यसैले पनि सो फिल्म सञ्जयको साथमा बन्न नसक्ने भएको हो।
फिल्मको स्क्रिप्टमाथि फिल्मका निर्देशक राजु हिरानी एवं निर्माता विधुविनोद चोपडाले काम गरिरहेको सञ्जयले बताए। उनले आगामी वर्षसम्म फिल्म तयार हुने जानकारी पनि दिएका छन्।
.jpeg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।