काठमाडौं– गायिका रमिला न्यौपाने र खुमन अधिकारी स्वरमा नयाँ गीत 'बाडुल्की' सार्वजनिक भएको छ । बाबुराम बोहोराको शब्द रहेको गीतको संगीत अधिकारीले नै गरेका छन्।
म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टको हो भने अनु पराजुली र गायक अधिकारीले गीतमा नृत्य गरेका छन्।
तिर्सना म्युजिक प्रा.लिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।