काठमाडौं- अमेरिका जान भिसा आवेदन दिँदा आवेदकले आफ्नो सामाजिक सञ्जालको गतिविधि (हिस्ट्री) पेस गर्नुपर्ने भएको छ।
अमेरिकाले नयाँ नियम जारी गर्दै भिसा प्राप्त गर्नका लागि ५ वर्षको सामाजिक सञ्जालको गतिविधि खुलाउनुपर्ने व्यवस्था गरेको हो। यस अलावा सामाजिक सञ्जालमा खाता हुनुपर्ने नियमलाई समेत अनिवार्य मानेको छ। यदि खाता नभएमा किन खाता नखोलेको हो सो बारेमा कारण समेत खुलाउनु पर्नेछ।
यदि कुनै आवेदकले सामाजिक सञ्जालसँग जोडिएको विषयवस्तुमा झुट बोलेको पुष्टि भए उसको भिषा आवेदन नै रद्द हुनसक्ने बताइएको छ।
यो नियम नेपालसहित अन्य देशका नागरिकका लागि लागू हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। सुरक्षा चुनाैतीलाई लिएर अमेरिकाले भिसा प्रक्रियामा परिवर्तन गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।