नयाँ दिल्ली– भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको विवाहको खबरले सोसल मिडियामा पनि तरंग ल्याएको छ।
सोमबार रात करिब ९ बजे अनुष्काले आफ्नो ट्विटर अकाउन्टमा विवाहको खबर दिएकी थिइन्। यसपछि विराटले पनि आफ्नो ट्विटरमार्फत समर्थकलाई जानकारी दिएका थिए। विराटको एउटै ट्विट ८५ हजारभन्दा बढी रिट्विट भएको थियो। यस्तै विवाहको ट्विटमा ७५ हजारभन्दा बढी कमेन्ट्स र ४ लाख ७६ हजारभन्दा बढी लाइक आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।