• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेसको मसिहा ठान्ने राजपाले चुनावमा सदाशयता पाउला?

64x64
किशोर दहाल आइतबार, भदौ २५, २०७४  ०६:०४
1140x725
Ncell 2
Ncell 2
nimb
nimb

केही दिनअघि नेपाल लाइभमा प्रकाशित अन्तर्वार्तामा विश्लेषक सिके लालले भनेका थिए– ‘संविधान संशोधन भइदिएको भए मधेसी नेताहरुले लाज छोप्ने लगौंटी पाउँथे।’ लालको भनाइलाई सन्दर्भमा लिने हो भने असोज २ गते हुने स्थानीय तहको चुनावमा मधेस केन्द्रित दलहरु लगौंटी विहीन अवस्थामा मैदानमा उत्रिएका छन् । अर्थात्, उनीहरु पराजित मानसिकतामा मधेसको मतको अपेक्षा गरिरहेका छन्। 

संविधान जारी भइसकेपछि त्यसको सबैभन्दा सशक्त प्रतिवाद मधेसको एक प्रमुख हिस्साले गरेको थियो । मधेस केन्द्रित दलहरुले नै आफ्नो प्रतिरोधमार्फत संविधानका कमजोरीहरुलाई आम बहसमा ल्याइदिएका थिए । पछिल्लो संविधान संशोधन विधेयकले पनि संविधानमा कमजोरी रहेको र सुधार जरुरी छ भन्ने सरकारी प्रतिबद्धतालाई नै संकेत गर्छ। यद्यपि, मधेस आन्दोलनलाई केही सम्बोधन गर्ने आशा गरिएको त्यो संशोधन विधेयक पारित हुन भने सकेन।

एकातिर मधेस आन्दोलनको अन्त्य भएको अवस्था र अर्कोतिर आन्दोलनको औचित्य पुष्टि हुने खालको कुनै उपलब्धि नहुनुले मधेसको मनोविज्ञानलाई ठूलो आघात पुर्याएको छ। 

२०६३ सालमा जब मधेस विद्रोह भयो, त्यसयता मधेस केन्द्रित दलहरुले अहिले जति रक्षात्मक कहिल्यै हुनुपरेको थिएन । संविधानको खाका कोर्ने १६ बुँदे सहमतिको विरोधमा गरिएको लामो आन्दोलनमा पनि उनीहरुले सरकारसामु आफ्नो आत्मबल र दृढ संकल्प प्रस्तुत गरेका थिए । त्यसैले आन्दोलनरत मधेसी नेताहरुलाई फकाइ माग्न तत्कालीन सरकार दिल्लीसम्म दौडिएको थियो।

तर, समय बदलियो । संविधान पुनर्लेखन नभईकन चुनाव असम्भव भएको बताउने उपेन्द्र यादवले ‘मेरो माटोले चुनावमा जानू भनेकाले सहभागी भएको’ भन्दै यसअघिका दुई चरणकै चुनावमा भाग लिए । चुनाव बिथोल्ने राजपाको निर्णयप्रति यादवले कटाक्ष गरेका थिए, ‘चुनाव बिथोल्नेहरु आफैं सकिन्छन्।’ 

यादवले संकेत गरेजस्तै राजपा सकिने वा नसकिने परीक्षण हुने समय आएको छ । चुनावबाट भागिरहन असम्भव रहेछ भन्ने कुरा असोज २ गते हुन गइरहेको चुनावमा राजपाको सहभागिताले प्रस्ट पार्छ। आन्तरिक र बाह्य कारण जे–जस्ता भए पनि राजपा अहिले मधेसमा मत माग्न व्यस्त छ । ‘अहिले नभए कहिल्यै हुँदैन’ भनेर सुरु भएको पछिल्लो मधेस आन्दोलन ‘लगौंटी विहीन’ नयाँ दौडमा गएर टुङ्गिएको छ । कम्तीमा संविधान संशोधन होला र त्यसैका आधारमा आफ्नो आन्दोलनलाई ‘जस्टिफाई’ गरौंला भन्ने राजपाको प्रयास असफल भइसकेको छ। सीधा भाषामा भन्दा, सरकारले मधेस आन्दोलनलाई शान्तिपूर्ण रुपमा दबाएको छ। 

अब, आन्दोलनरत दलहरुको एकल भरोसा मधेसी जनताले देखाउने सदाशशयतामा केन्द्रित छ । उनीहरुले आफूप्रति देखाउने विश्वास र वैधताको पारो कति उच्च हुन्छ, त्यसैले उसलाई नयाँ पोशाक पहिर्‍याउनेछ। कारण, त्यसले मधेस आन्दोलनको मनोविज्ञानलाई पुनः उँचाइमा पुर्‍याउने मात्रै होइन, राज्यलाई मधेस आन्दोलनको आन्तरिक अस्थिपञ्जरको एक्स–रे पनि देखाउनेछ। त्यसबाट विकसित परिस्थिति मधेसका लागि नयाँ ‘चाँदीको घेरा’ हुने आशा गर्न सकिन्छ।

तर, अहिलेको सवाल असोज २ को चुनावमै उनीहरुको अवस्था कस्तो हुने भन्ने प्रश्नसँग जोडिएको छ। के उनीहरुको उदय हुने र त्यसले आगामी राजनीतिमा केही अर्थ राख्ने सम्भावना छ?

विश्लेषक तुलानारायण साह भन्छन्, ‘अब राजपाले चुनाव जित्नु र नजित्नुको कुनै अर्थ छैन ।’ राजपाले प्रदेश नम्बर २ का १३६ वटै स्थानीय चुनाव जिते पनि उसले संविधान संशोधनका लागि कुनै योगदान गर्न नसक्ने साहको विश्लेषण छ। भन्छन्, ‘यो चरणको राजनीतिमा अब उसको कुनै योगदान गर्न सक्दैन।’

अहिले राजपा र चुनावमा भाग लिएका अन्य शक्तिमा कुनै प्रवृत्तिगत फरक नभएको साहको विश्लेषण छ । ‘यस्तो परिस्थितिमा राजपालाई नै भोट दिनुपर्ने के कारण छ र?’ उनी भन्छन्, ‘विगतको आन्दोलनको नेतृत्वकर्ता हुनुले अहिलेको चुनावमा कुनै अर्थ राख्दैन।’

तर, मधेस मामलामा निरन्तर पैरवी गर्दै आएका अधिवक्ता दीपेन्द्र झा भने केही फरक तर्क राख्छन् । भन्छन्, ‘संविधानप्रति मधेसी जनतामा रहेको असन्तुष्टिलाई बोकेको, संघर्ष गरेको, संविधान संशोधनका लागि पहल गरेको र मधेसका एजेन्डाको बाहक भएका कारण राजपा भोट पाउन योग्य छ।’

विगतको आन्दोलनलाई नेतृत्व गरेको हुनाले उसलाई नै मत दिनुपर्ने खालको मनोविज्ञान केही हदसम्म मधेसमा कायमै छ । त्यसमा पनि अन्य पार्टी मधेसमा विगत लामो समयदेखि सक्रिय हुन पाएका छैनन् । तर, त्यसले मात्रै राजपालाई फाइदा पुग्छ भन्न सकिन्न।

लामो समयदेखि आस्था बोकेका अन्य दलका कार्यकर्ता मधेस आन्दोलनका बेला चुप रहे पनि जनस्तरमा उनीहरुको प्रभाव साह्रै कम भने छैन। आन्दोलनमा अन्य दलको निस्क्रियता र मधेसवादको लहडले तरल भएको जनमत राजपातिर पोखिन सक्छ। त्यसले कम्तिमा उसलाई सुरक्षित स्थितिमा ल्याउन सक्नेछ।

मधेस मुद्दाको प्रतिनिधित्व गरेको दलको हैसियत र केही ठाउँमा राम्रा उम्मेदवार उठाएका कारण राजपाको स्थिति सम्मानजनक नै हुने झाको विश्लेषण छ । पुराना पार्टीका आस्थावान् कार्यकर्ताहरु गाउँगाउँसम्म लामो समयदेखि आबद्ध भएका कारण राजपा पहिलो वा दोस्रो नै हुने सम्भावना चाहिँ नरहेको उनी बताउँछन् । भन्छन्, ‘तर, आन्दोलनको समायान्तर लामो नभएकाले राजपाको लोकप्रियता कायम नै छ, त्यसले केही फाइदा पुर्‍याउँछ।’

यो पनि पढ्नुहोस्-
सिके राउत अन्धी–गल्लीको बाटो हिँडिरहेका छन् : सिके लाल

 

प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस... मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन प्रधानमन्त्री शाह न्यु योर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन आज अमेरिका जान लागेका हुन् । मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्