राजविराज– भारत निकासी हुँदै गरेको मदिरासहित सप्तरीमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
राजगढ गाउँपालिका २ कमलपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पिठ्युँमा बोकेर दिलबाले, कस्तुरी र मामश्री नामका मदिरा निकासी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बरामद भएको मदिरासहित ६ जनालाई नै आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सप्तरी पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।