• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा मधेसी गठबन्धनको बहुमत, कांग्रेस-एमालेलाई दुईदुई सिट

64x64
नेपाल लाइभ बुधबार, मंसिर २७, २०७४  १३:५४
1140x725

राजविराज- प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ८ गरी १२ सिटमध्ये सप्तरीमा मधेसी गठबन्धनले ८ स्थानमा विजय हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले २/२ सिट सुरक्षित गरेका छन्।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १, २ र ३ मा मधेसी गठबन्धनका उम्मेदवारहरु क्रमशः संघीय समाजवादी फोरम नेपालका डा सूर्यनारायण यादव, सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर ३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। क्षेत्र नं. १ मा विजयी डा यादवले २१ हजार ७ सय १२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार अशोक कुमार मण्डल (अमर) ले १८ हजार २ सय २५ मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाए। उनी दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका थिए। 

क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २१ हजार ६२० मत ल्याई विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५८० मत पाए। दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित यादव केपी ओलीको सरकारमा सिँचाइमन्त्री समेत भएका थिए। यसैगरी राजपाको सह–महामन्त्री त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने ९ हजार ४ सय ५८ मतमा चित्त बुझाएका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपाका चौधरीले २२ हजार ५ सय ८४ मत प्राप्त गरी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवलाई हारको स्वाद चखाएका छन्। १९ हजार ४ सय १ मत प्राप्त गरी हार बेहोरेका यादव दोस्रो संविधानसभा निर्वाचनमा पनि क्षेत्र नं. ३ बाटै पराजित भएका थिए। 

यता, प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी स्थानीय तह निर्वाचनमा डाकनेश्वरी नगरपालिकाको मेयरमा पराजित उम्मेदवार हुन्। लामो समयदेखी नेपाली कांग्रेसको राजनीति गर्दै आएका उनले पार्टीले टिकट नदिएपछि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार शिवनारायण साह ३ हजार ८ सय ८० मत ल्याई विजयी भएका थिए भने चौधरीले पराजय भोग्नुपरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्र नं. ४ मा दोस्रो संविधानसभा निर्वाचनमा विजयी भई युवा तथा खेलकुद राज्यमन्त्री रहेका तेजुलाल चौधरीले दोस्रो पटक बाजी मारेका छन्। २०७० को संविधानसभा निर्वाचनमा उनी कांग्रेसबाटै निर्वाचित भएका थिए। चौधरीले २४ हजार १ सय १३ मत पाएका छन् भने प्रतिद्वन्द्वी राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याई पराजित भएका छन्। 

प्रदेशसभातर्फ यस्तो रह्यो नतिजा
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) र ४ (क) मा नेकपा एमालेले जित निकालेको छ। १ (क) बाट एमालेका स्थायी कमिटी सदस्य तथा २ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डल तथा  ४ (क) बाट एमालेका जिल्ला अध्यक्ष गोविन्दबहादुर न्यौपाने निर्वाचित भएका छन्। ११ हजार ३ सय २ मत ल्याएका मण्डलले राजपाका महासचिव राजकुमार लेखीलाई पराजित गरे। लेखीले ९ हजार २५२ मत पाए। यसैगरी, १५ हजार ११३ मतसहित विजयी भएका न्यौपानेले नेपाली कांग्रेसका सीताराम साहलाई पराजित गरे। साहले ११ हजार ३९५ मत पाएका छन्।
क्षेत्र नम्बर १ (ख),  २ (ख) र ३(ख) मा राजपाले जितेको छ । १ (ख) मा राजपाका उपाध्यक्ष नवलकिशोर साह १३ हजार ६ सय ४७ मत प्राप्त गरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका बद्री महात्मान यादवलाई  ७ हजार ३ सय १४ मतान्तरले पराजित गरे। 

२ (ख) मा राजपाका महासचिव मनिष सुमनले वाम गठबन्धनका माओवादी उम्मेदवार महेश यादवलाई पराजित गरे। सुमनले ८ हजार ९३९  र यादवले ४ हजार ९८६ मत ल्याएका छन्। क्षेत्र नं ३ (ख) मा राजपाका बिवेश्वर यादव (बिक्की) निर्वाचित भएका छन्। यादवले १० हजार ३ सय २८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै, संघीय समाजवादी फोरम नेपालले २ (क) र ४ (ख) गरी दुई प्रदेशसभा सदस्यमा सिट सुरक्षित गरेको छ। 

२ (क) मा वाम गठवन्धनका माओवादी उम्मेदवार सरोज मण्डललाई २ हजार ९७७ मतान्तरले हराउँदै शैलेन्द्र साह प्रदेशसभामा निर्वाचित भएका हुन्। उनले १० हजार ५ सय ७० मत पाए। 

प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट अभिषेक यादव निर्वाचित भएका छन्। उनले ९ हजार ६ सय ५ मत तथा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३६ मत प्राप्त गरे।

नेपाली कांग्रेसले भने प्रदेशसभातर्फ १ सदस्यमा चित्त बुझाउनुपरेको छ। ३ (क) मा कांग्रेसका उम्मेदवार मोहम्मद समीम ११ हजार ६ सय २८ मत ल्याई विजयी भएका छन्। उनले राजपाका दिनेश यादवलाई १ हजार ६४९ मतले पराजित गरे।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्