चितवन- चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।
बिके इँटाभट्टामा इँटाको चाङ लगाउँदै गर्दा भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
ढकालका अनुसार मंगलबार इँटाभट्टामा सो घटना भएको थियो। डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। अन्य आठ जना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।