एजेन्सी- इजिप्टको एक अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ। म्युजिक भिडियो मार्फत अश्लीलतालाई बढावा दिएको आरोपमा २५ वर्षीया गायिका सायमा अहमदलाई जेल चलान गरिएको हो। उनलाई गत महिना पक्राउ गरिएको थियो।
उनी एक म्युजिक भिडियोमा भित्री वस्त्र मात्र लगाएर केरा खाँदै गरेको देखिएकी थिइन्। उनको म्युजिक भिडियो अश्लील रहेको र उत्तेजना भड्काउने खालको भएको भन्दै तीव्र विरोध भएपछि उनलाई पक्राउ गरिेर कानुनी कारबाही अघि बढाइएको थियो।
स्थानीय सञ्चार माध्यमले जनाए अनुसार उनलाई अश्लील भिडियो बनाएको अभियोगमा मंगलबार दोषी ठहर गरिएको हो। अदालतले भिडियोका निर्देशकलाई समेत एक वर्षको जेल सजाय सुनाएको छ।
गायिका सायमाले आफ्नो गिरफ्तारी अगाडि नै आफू गरेका गल्तीबारे माफी मागेकी थिइन। उनले फेसबुक स्टाटस लेखेकी थिइन्- 'मैले कहिल्यै सोचेकी थिइनँ, यस्तो होला र मान्छेहरुबाट यस प्रकारको आक्रमणको सामना गर्नुपर्ला भनेर।'
सायमा अहमद आफ्नो गीतको म्युजिक भिडियोमा फलफूल खाँदै गरेको र वयस्क छात्राहरुले भरिभराउ कक्षामा पढाइरहेको पनि देखाइएको थियो।
इजिप्टका जनता र सरकारलाई सायमाको फल खाने तरिका अश्लील र समाजका लागि हानिकारक लाग्यो र उनी पक्राउ परिन्।
यससँगै भविष्यमा उनलाई सांगीतिक प्रस्तुतिमा समेत रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।