काठमाडाैं– निखिल उप्रेतीको हिट फिल्म फिल्म ‘पिंजडा’को सिक्वेल बनेको छ । ‘पंजडा ब्याक अगेन’ नाम राखिएको उक्त फिल्मको ट्रेलर रिलिज गरिएको छ । मंगलबार रिलिज कार्यक्रममा अभिनेता उप्रेती भने उपस्थित रहे। निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाली, निर्माता श्रीराम बराल लगायतको उपस्थितिमा रिलिज गरिएको हो ।
माघ ४ गते प्रदर्शन हुने फिल्म द्वन्द्व पधान छ । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा निर्देशक हिमाल केसीको द्वन्द्व निर्देशनसमते गरेका छन् । फिल्म सौरभ लामाको छायाँकन गरेका हुन्। निखिल र सारासँगै पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा र कुशाग्र भट्टराई लगायत कलाकारहरुले फिल्ममा अभिनय गरेका छन् ।
फिल्म निर्माणमा रमेश सुवेदी, बाबुराज सिंह, बसन्त शर्मा, सुशान्त श्रेष्ठ, रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर खत्रीले सहकार्य गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।