• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पलेँटीमा शान्ति ठटाल : आवाज र संगीत दुवै 'अद्भूत'

64x64
नेपाल लाइभ शनिबार, जेठ १८, २०७६  ११:४६
1140x725

काठमाडौं- नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन्।

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले तयार गरेका करिब डेढ दर्जन गीत समेटिएका थिए। सन् २००६ देखि प्रायः वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यस शृंखलामा भने धेरैजसो नयाँ गीत छानेकी थिइन्। ठटाललाई उनकै शिष्याहरू विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले गायनमा साथ दिएका थिए।

कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले ठटालसँगको सांगीतिक संगतलाई स्मरण गरेका थिए। ठटाललाई मालती फूलसँग तुलना गर्दै आभासले उनलाई ‘संगीत-मल्लिका’को विशेषणले सम्बोधन गरेका थिए।

कार्यक्रमको थालनी भजन गाएर गरिएको थियो। श्याम प्रधानको शब्द रचनाबाट कार्यक्रम थाल्दै आभासले भने- ‘शान्ति ठटालसँग मैले आध्यात्मिक वार्ता पनि गरेको छु। उहाँमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ। भजनको माध्यमले मानिसमा नैतिक सोच निर्माण गर्ने प्रयत्न गर्नु प्रगतिशील चिन्तन हो।'

भजनपछि गीतकार रत्न शमशेर थापाद्वारा रचित ३ वटा गीत प्रस्तुत गरिएका थिए। गायिका विमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन्। अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन्।

कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाडौं आएर सिर्जना गरेको संगीतसमेत प्रस्तुत गरेकी थिइन्। गजल शैलीको नयाँ गीतका बारेमा आभास पुनः संवादमा जोडिए- ‘शान्ति ठटाल दिदीसँगको सांगीतिक सहकार्यको लोभले हो मैले दुई हप्ता पहिले उहाँले बजाउँदै गरेको हार्मोनियम माथि केही गीतका शब्द छोडेर हिंडेको थिएँ। उहाँले भोलिपल्टै त्यसमा भरेको संगीत सुनाउनु भयो। उहाँको क्षमता साँच्चै अद्भूत छ। शान्ति दिदीले यति छिटै यति स्तरीय धुन भरेकोमा म चकित भएको छु।'

बिमलाले स्वर दिएको उक्त गीत थियो-

Ncell 2
Ncell 2
nimb
nimb

जीवन चुपचाप गुजारेँ त के भो?
तिमीले जित्यौ म हारेँ त के भो?

शान्ति ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोजे पनि प्रशंसकहरूको अनुरोधमा उनले गीत नगाई धर पाइनन्। ‘हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ। गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ।,' ८ दशक पार गरिसकेकी ठटालले सुनाइन्- ‘नझार आँखाबाट कसैका प्रीतहरू’।

उनको स्वर सुनेसँगै ‘आर’शाला तालीले गुञ्जियो। त्यो गीतको समापनसँगै श्रोताको उत्साह थप चुलियो र दर्शकदिर्घाबाट पुनः फर्माइस् भयो- ‘खै त तपाईंको ‘एन्थम’ अर्थात ‘सम्हालेर राख’?

‘आज त एउटा मात्र पो गाउँ भनेको’ भन्दै शान्ति फेरि हार्मोनियमसँग जोडिइन्। र स्वर दिइन्- ‘सम्हालेर राख’।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘आर’शाला फेरि तालिले गुन्जायमान भयो। गायन सक्नासाथ शान्ति ठटालको मुहारमा झल्किएको हाँसोले पलेँटीको मञ्च थप खुलेको लाग्थ्यो।

शान्ति ठटाल संगीतका चौतर्फी विधामा सिद्धहस्त संगीतकर्मी हुन्। उनले संगीत भरेका चलचित्रका गीत नेपाली संगीत संसारमा निकै लोकप्रिय मानिन्छन्। चलचित्रका गीत प्रस्तुत गर्ने क्रममा संगीत भरेर पनि आन्तरिक कारणले रेकर्ड हुन नपाएको रचना पनि यसपटकको पलेँटीमा समेटिएको थियो।

गायिका अञ्जली प्रधानले सुनाएको गीत ‘कसैलाई सम्झिदिन्छु फूल देखे वनभरि’ गीतकार ईश्वर बल्लभले गुरुप्रसाद मैनालीको कथा ‘बिदा’मा आधारित चलचित्रका निम्ति लेखेका रहेछन्। शान्ति ठटालले भनिन्- ‘चलचित्रका निम्ति कवि ईश्वर बल्लभले लेख्नुभएको एउटा गीत र भजनमा धुन भरेकी थिएँ। त्यहीताका म जागिरे भएर सिक्किमतिर लागेँ र त्यस चलचित्रमा पछि दिब्य खालिङले संगीत भरे।'

त्यसपछि गायिका बिमला सेञ्चुरीले चलचित्र ‘बाँच्न चाहनेहरू'का २ लोकप्रिय गीत ‘नयाँ-नयाँ घामको किरण’ र ‘मिठो-मिठो तिम्रो साथ मिठो’ प्रस्तुत गरिन्।

शशी ठटालले लेखेको लोकप्रिय गीत ‘मायालुले सम्झे कि कसो’ पलेँटीको अन्तिम प्रस्तुति बन्यो। सो क्रममा ‘आर’शालामा उपस्थित दर्शकका ओठहरू पनि ठटालको आजाव सँगसँगै चलमलाएका थिए।

आगामी पलेँटीमा शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुनेछ।

कार्यक्रममा ठटाललाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए। शान्ति ठटालसँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्