• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पलेँटीमा शान्ति ठटाल : आवाज र संगीत दुवै 'अद्भूत'

64x64
नेपाल लाइभ शनिबार, जेठ १८, २०७६  ११:४६
1140x725

काठमाडौं- नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन्।

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले तयार गरेका करिब डेढ दर्जन गीत समेटिएका थिए। सन् २००६ देखि प्रायः वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यस शृंखलामा भने धेरैजसो नयाँ गीत छानेकी थिइन्। ठटाललाई उनकै शिष्याहरू विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले गायनमा साथ दिएका थिए।

कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले ठटालसँगको सांगीतिक संगतलाई स्मरण गरेका थिए। ठटाललाई मालती फूलसँग तुलना गर्दै आभासले उनलाई ‘संगीत-मल्लिका’को विशेषणले सम्बोधन गरेका थिए।

कार्यक्रमको थालनी भजन गाएर गरिएको थियो। श्याम प्रधानको शब्द रचनाबाट कार्यक्रम थाल्दै आभासले भने- ‘शान्ति ठटालसँग मैले आध्यात्मिक वार्ता पनि गरेको छु। उहाँमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ। भजनको माध्यमले मानिसमा नैतिक सोच निर्माण गर्ने प्रयत्न गर्नु प्रगतिशील चिन्तन हो।'

भजनपछि गीतकार रत्न शमशेर थापाद्वारा रचित ३ वटा गीत प्रस्तुत गरिएका थिए। गायिका विमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन्। अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन्।

कार्यक्रममा शान्ति ठटालले तीन हप्ता पहिले काठमाडौं आएर सिर्जना गरेको संगीतसमेत प्रस्तुत गरेकी थिइन्। गजल शैलीको नयाँ गीतका बारेमा आभास पुनः संवादमा जोडिए- ‘शान्ति ठटाल दिदीसँगको सांगीतिक सहकार्यको लोभले हो मैले दुई हप्ता पहिले उहाँले बजाउँदै गरेको हार्मोनियम माथि केही गीतका शब्द छोडेर हिंडेको थिएँ। उहाँले भोलिपल्टै त्यसमा भरेको संगीत सुनाउनु भयो। उहाँको क्षमता साँच्चै अद्भूत छ। शान्ति दिदीले यति छिटै यति स्तरीय धुन भरेकोमा म चकित भएको छु।'

बिमलाले स्वर दिएको उक्त गीत थियो-

nimb
nimb
Ncell 2
Ncell 2

जीवन चुपचाप गुजारेँ त के भो?
तिमीले जित्यौ म हारेँ त के भो?

शान्ति ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोजे पनि प्रशंसकहरूको अनुरोधमा उनले गीत नगाई धर पाइनन्। ‘हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ। गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ।,' ८ दशक पार गरिसकेकी ठटालले सुनाइन्- ‘नझार आँखाबाट कसैका प्रीतहरू’।

उनको स्वर सुनेसँगै ‘आर’शाला तालीले गुञ्जियो। त्यो गीतको समापनसँगै श्रोताको उत्साह थप चुलियो र दर्शकदिर्घाबाट पुनः फर्माइस् भयो- ‘खै त तपाईंको ‘एन्थम’ अर्थात ‘सम्हालेर राख’?

‘आज त एउटा मात्र पो गाउँ भनेको’ भन्दै शान्ति फेरि हार्मोनियमसँग जोडिइन्। र स्वर दिइन्- ‘सम्हालेर राख’।

‘आर’शाला फेरि तालिले गुन्जायमान भयो। गायन सक्नासाथ शान्ति ठटालको मुहारमा झल्किएको हाँसोले पलेँटीको मञ्च थप खुलेको लाग्थ्यो।

शान्ति ठटाल संगीतका चौतर्फी विधामा सिद्धहस्त संगीतकर्मी हुन्। उनले संगीत भरेका चलचित्रका गीत नेपाली संगीत संसारमा निकै लोकप्रिय मानिन्छन्। चलचित्रका गीत प्रस्तुत गर्ने क्रममा संगीत भरेर पनि आन्तरिक कारणले रेकर्ड हुन नपाएको रचना पनि यसपटकको पलेँटीमा समेटिएको थियो।

गायिका अञ्जली प्रधानले सुनाएको गीत ‘कसैलाई सम्झिदिन्छु फूल देखे वनभरि’ गीतकार ईश्वर बल्लभले गुरुप्रसाद मैनालीको कथा ‘बिदा’मा आधारित चलचित्रका निम्ति लेखेका रहेछन्। शान्ति ठटालले भनिन्- ‘चलचित्रका निम्ति कवि ईश्वर बल्लभले लेख्नुभएको एउटा गीत र भजनमा धुन भरेकी थिएँ। त्यहीताका म जागिरे भएर सिक्किमतिर लागेँ र त्यस चलचित्रमा पछि दिब्य खालिङले संगीत भरे।'

त्यसपछि गायिका बिमला सेञ्चुरीले चलचित्र ‘बाँच्न चाहनेहरू'का २ लोकप्रिय गीत ‘नयाँ-नयाँ घामको किरण’ र ‘मिठो-मिठो तिम्रो साथ मिठो’ प्रस्तुत गरिन्।

शशी ठटालले लेखेको लोकप्रिय गीत ‘मायालुले सम्झे कि कसो’ पलेँटीको अन्तिम प्रस्तुति बन्यो। सो क्रममा ‘आर’शालामा उपस्थित दर्शकका ओठहरू पनि ठटालको आजाव सँगसँगै चलमलाएका थिए।

आगामी पलेँटीमा शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुनेछ।

कार्यक्रममा ठटाललाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए। शान्ति ठटालसँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग
प्रतिनिधिसभा बैठक (लाइभ)
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना बिहीबार, वैशाख ३१, २०८३
एमालेको प्रश्न– प्रधानमन्त्री सदनमा नआएर फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्