काठमाडौं- प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७७ सिट ल्याउँदै अग्रस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ मध्याह्न १२ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसभन्दा ८४ हजार २ सय ८४ मत बढी मत पाएको छ।
एमालेले ११ लाख ८० हजार ७ मत पाउँदा कांग्रेसले १० लाख ९५ हजार ७ सय २३ मत पाएको छ। तेस्रो नम्बरमा माओवादी केन्द्र छ। माओवादीले ४ लाख ७१ हजार ४ सय १५ मत ल्याएको छ। माओवादीपछि संघीय समाजवादी फोरमले ८५ हजार २ सय ९८ मत पाएको छ।
संघीय समाजवादीपछि प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा जित्न नसकेको विवेकशील साझा पार्टी छ। विवेकशील साझाले ७० हजार ३ सय १३ मत पाएको छ। यसपछि राप्रपाले ६१ हजार ९ सय ८७ मत पाएको छ। यस्तै, राजपाको ५३ हजार ८ सय १९ मत छ भने सातौं नम्बरमा रहेको नयाँ शक्तिले ३६ हजार २ सय ४५ मत पाएको छ।
यसपछि आठौं नम्बरमा राष्ट्रिय जनमोर्चा छ, उसले २६ हजार ७ सय १९ मत पाएको छ। राप्रपा प्रजातान्त्रिकले २४ हजार ३ सय २४ मत पाएको छ। उसले प्रत्यक्षतर्फ कुनै पनि सिट जितेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।