काठमाडौं– वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालको गीत ‘एउटा खाता’ सार्वजनिक भएको छ। कविता र गीत लेखनमा विशेष रुची राख्ने डा बरालले दुःखको कथा गीतमा उनेका छन् ।
गीतमा भनिएको छ,
‘एउटा खाता खोल्न पाए आँशु जम्मा गरिदिने
म नै हुन्थे महिनैपिच्छे सव से धेरै ब्याज लिने’
संगीता राणा प्रधानको स्वरमा सजिएको गीतको संगीत आनन्द राईले भरेका हुन् । दिया मास्के फिचरिङ म्युजिक भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेल, एसिस्टेन्ट डाइरेक्सन लोमस पौडेल र डाइरेक्सन युवराज वाइवाले गरेका हुन् । गीत डा अर्चना पोखरेलले प्रस्तुत गरेकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।