कलैया- बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा प्रभावकारी हुन सकेको छैन।
कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्जमा टेलिसेन्टर सञ्चालन गरिएको छ। ती ठाउँमा फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिए पनि सेवाग्राही निकै कम संख्यामा आउने गरेकाले ती सेन्टर प्रभावकारी हुन नसकेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।