एजेन्सी- भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिएका छन्। इटलीमा एक भव्य समारोहबीच दुवै जनाले लगनगाँठो कसेका हुन्।
दुवै जनाले ट्विटरमा विवाहको फोटो पोस्ट गर्दै लगनगाँठो कसेको खबर सार्वजनिक गरेका हुन्।
विवाह इटलीको टस्कनीस्थित एक रिसोर्टमा पञ्जाबी परम्परा अनुसार भएको हो। विवाहमा निकटका परिवार र साथीलाई मात्र आमन्त्रण गरिएको थियो। विराट र अनुष्काले आगामी डिसेम्बर २१ मा परिवारसहित आफन्तलाई भोज खुवाउनेछन्। डिसेम्बर २६ मा दुवैले फिल्म र क्रिकेट क्षेत्रका साथीका लागि रिसेप्सनको आयोजना गरेका छन्। त्यसपछि विराट र अनुष्का हनिमुनका लागि दक्षिण अफ्रिका जानेछन् र जनवरीको पहिलो हप्ता फर्किनेछन्।
त्यसपछि अनुष्का मुम्बई आएर आनन्द एल रायको नयाँ फिल्मको सुटिङमा व्यस्त हुनेछिन्, जसमा उनी शाहरुख खानसँग काम गर्नेछिन्।
विवाहको खबर पाउनासाथ उनीहरुका लाखौं प्रशंसकहरुले बधाई तथा शुभकामना दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।