काठमाडौं– पुष २८ गते रिलिज हुने फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर सार्वज्निककार्यक्रममा बोल्दै निर्माता टेकेन खड्काले यो फिल्म ‘झोले’को सिक्वेल नभएको बताए । । उनले सिक्वेल बनाउन खोजे पनि कथा अर्कै मन परेकाले ‘झोले’ ब्रान्डलाई प्रयोग गरेर फिल्म बनाएका बताए । उनकै निर्माणमा यसअघि फिल्म ‘झोले’ बनेको थियो ।
फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, दिया पुन, दयाहाङ राई र वर्षा राउत, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘कबड्डीु’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङले यो फिल्म निर्देशन गरेक हुन् ।
फिल्ममा
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।