बेलायत– राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाको मृत्यु भएको बिसौँ बर्षदिनको सम्झनामा उनको प्रतिमा (सालिक) निर्माण गर्ने योजना अनुसार आइतबार कुशल मूर्तिकारको चयन गगरेका छन्।
बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ ।
उनको सालिकलाई केसिङ्टन दरबार परिसरमा राखिने छ । केसिङ्टन स्वर्गीय डायनाको बासस्थान हो ।
राजकूमार द्वयले आइतबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘सालिकको निर्माण ‘स्वर्गीय माता डायनाको सम्मानमा निर्माण गरिने उचित एवम् स्थायी’ उपहार भएको र यसले उहाँको जीवन र विरासतको स्मरण गराइरहने छ ।”
स्वर्गीय राजकुमारी डायनाको सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।
रासस÷एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।