तेहरान– इरानका राष्ट्रपति हसन रौहानीले साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा सच्चिएर आए इरानले रियादसँगको सम्बन्धलाई पुनःस्थापित गर्ने बताएका छन्।
आइतबार प्रशारण गरिएको सम्बोधनमा रौहानीले भने, 'इजरायलसँगको ‘गलत मनसायबाट निर्देशित मित्रता‘लाई त्यागेमा क्षेत्रीय प्रतिद्वन्दीहरूले साउदी अरबसँग ‘सुमधुर सम्बन्ध’ कायम गर्नसक्ने विश्वास गर्न सकिन्छ।'
उनले साउदीले यसका लागि यमनमा गर्दै आएको अमानवीय गोलाबारीलाई रोक्नुपर्ने साथै यमनी हुथी समूहलाई सघाउन छोड्नुपर्ने शर्त राखेका छन्।
प्रसिद्ध सिया धर्मगुरुलाई फाँसी दिएपछि बदलामा सन् २०१६ को जनवरीमा इरानी प्रदर्शनकारीले साउदी कूटनीतिक नियोगमाथि हमला गरेपछि इरान र साउदी अरबबीचको कूटनीतिक सम्बन्धमा समस्या देखिँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।