सुर्खेत प्रतिनिधिसभा २ मा नेकपा एमालेका नवराज रावत विजयी भएका छ्न्। ३७ हजार ४ सय ३ मत सहित रावत विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार हृदयराम थानीले २८ हजार ६ सय ४६ मत पाए। रावतले थानीभन्दा ८ हजार ७ सय ५७ मत बढी ल्याएका हुन्। यसअघि सुर्खेत १ मा कांग्रेस नेता एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई एमालेका ध्रुवकुमार शाहीले पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।