काठमाडौं- पहिलो चरणमा निर्वाचन भएको डोल्पामा समानुपातिक तर्क नेकपा एमालेले बढी मत पाएको छ। १५ हजार ७ सय ४० मत खसेकोमा एमालेले अग्रस्थान ल्याएको हो।
यस्तै, वाम गठबन्धनको अर्को दल माओवादी केन्द्र दोस्रो स्थानमा छ। नेपाली कांग्रेस तेस्रो स्थानमा छ। कांग्रेसभन्दा एमालेले ४ गुणा र माओवादी केन्द्रले २ गुणा बढी मत पाएका छन्।
समानुपातिकमा एमालेले ८ हजार २५, माओवादी केन्द्रले ४ हजार १४ र नेपाली कांग्रेसले २ हजार ४३ मत पाएका छन्। यस्तै, राप्रपाले ३ सय ३५ मत पाएको छ भने विवशेकशील साझाले ७० र नयाँ शक्तिले ६६ मत ल्याएका छन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डोल्पामा नेकपा एमालेका धनबहादुर बुढाले ११ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका हुन्।
यसैगरी, प्रदेशसभातर्फको समानुपातिकमा पनि एमालेले नै बढी मत पाएको छ। एमालेले ८ हजार २ सय ६७ मत ल्याउँदा माओवादी केन्द्रले ३ हजार ३ सय ११ र नेपाली कांग्रेसले १९ सय १४ मत प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।