ललितपुर– ललितपुरको क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभाका दुवै सिटमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । १(क)मा माओवादी केन्द्रकी लाल कुमार पुन विजयी भइन् । १३ हजार १ सय ८५ मतसहित कांग्रेसका ऋषिराम घिमिरेलाई हराउदै उनी विजयी भइन् । घिमिरेले १० हजार ५ सय ९१ मत ल्याए।
१(ख)मा एमाले उम्मेदवार चेतनाथ संजेल विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जनलाई १ हजार मतले पराजित गरी संजेल विजयी भएका हुन् । संजेलले १२ हजार ८ सय ६६ मत ल्याए भने महर्जनले ११ हजार ७ सय ४२ मत प्राप्त गरे । महर्जन डन पृृष्ठभुमी भएका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।