काठमाडौं– नयाँ संविधानपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हेभीवेट उम्मेदवारका साथै वर्तमान मन्त्रिपरिषदका अधिकांश सदस्यले हार बेहोरेका छन्। उपप्रधानमन्त्री कमल थापादेखि राज्यमन्त्री दिलमान पाख्रिन समेतले पराजय बेहोरे। यसअघि आफ्नो जिल्लामा निरन्तर विजयी हुँदै आएका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, स्वाथ्यमन्त्री दीपक बोहोरा, उद्योगमन्त्री सुनिलबहादुर थापा थापा पनि यस पटक पराजित भए।
वर्तमान सरकारमा रहेका तीन मन्त्रीले भने जितलाई निरन्तरता दिन सफल भए। काठमाडौं क्षेत्र नम्बर १० बाट युवा तथा खेलकुदमन्त्री राजन केसी, काठमाडौं क्षेत्र नम्बर ६ बाट रक्षामन्त्री भीमसेनदास प्रधान र सिंचाइमन्त्री सञ्जयकुमार गौतम बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्।
यी बाहेक नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका कसैले पनि जित हात पार्न सकेनन्।
जो पराजित भएः
१. मोहनबहादुर बस्नेत (कांग्रेस), सूचना तथा सञ्चारमन्त्री (सिन्धुपाल्चोक १)
२. अम्बिका बस्नेत (कांग्रेस), सहरी तथा गरिबी निवारणमन्त्री (काठमाडौं ३)
३. विक्रमबहादुर थापा (राप्रपा) महिला तथा बालबालिका मन्त्री (काठमाडौं ७)
४. नरबहादुर चन्द (कांग्रेस) वाणिज्य राज्यमन्त्री (बैतडी)
५. चम्पादेवी खड्का (कांग्रेस), सहकारी तथा गरिबी निवारण राज्यमन्त्री (बाग्लुङ १)
६. दिलमान पाख्रिन (कांग्रेस), कानुन राज्यमन्त्री (धादिङ २)
७. उदयशमशेर राणा (कांग्रेस), अर्थ राज्यमन्त्री (ललितपुर १)
८. दीपक बोहरा (राप्रपा प्रजातान्त्रिक), स्वास्थ्य मन्त्री (रुपन्देही ३)
९. सुनीलबहादुर थापा (राप्रपा प्रजातान्त्रिक), उद्योग मन्त्री (धनकुटा)
१०. कमल थापा (राप्रपा), उपप्रम तथा ऊर्जामन्त्री (मकवानपुर १)
११. फर्मुल्लाह मन्सुर (कांग्रेस), श्रम तथा रोजगार (बारा ३)
१२. सत्यनारायण भगत (माओवादी केन्द्र) विनाविभागीय राज्यमन्त्री (रौतहट १)
१३. गोपाल दहित (कांग्रेस), भूमिसुधार तथा व्यवस्था (बर्दिया २)
जो मतगणनामा पछाडि छन्ः
१. विजयकुमार गच्छदार (कांग्रेस), उपप्रधान तथा स्थानीय विकास मन्त्री (सुनसरी ३)
२. महेन्द्र यादव (कांग्रेस), खानेपानी तथा सरसरफाइ मन्त्री (धनुषा ४)
जो अग्रता लिइरहेका छन्:
१. गोपालमान श्रेष्ठ (कांग्रेस) शिक्षामन्त्री (स्याङ्जा २)
जसले जितेः
१. भीमसेनदास प्रधान (कांग्रेस), रक्षामन्त्री (काठमाडौं ६)
२. राजन केसी (कांग्रेस), युवा तथा खेलकुद मन्त्री (काठमाडौं १०)
३. सञ्जयकुमार गौतम (कांग्रेस), सिंचाइ मन्त्री (बर्दिया १)
४. तेजुलाल चौधरी (कांग्रेस), युवा तथा खेलकुदमन्त्री (सप्तरी ४)
५. ज्ञानेन्द्रबहादुर कार्की (कांग्रेस), अर्थमन्त्री (सुनसरी ४)
विजयी हुने बिनाविभागीय मन्त्री:
१. कृष्णबहादुर महरा (दाङ २)
२. जनार्दन शर्मा (रुकुम पश्चिम)
३. प्रभु साह (रौतहट ३)
५. महेन्द्रबहादुर शाही (कालिकोट प्रदेश ख)
६. आशा कोइराला (तनहुँ २)
७. श्यामकुमार श्रेष्ठ (रामेछाप)
८. शिवकुमार मण्डल केवट (मोरङ ५)
९. टेकबहादुर बस्नेत (सल्यान)
१०. गिरिराजमणि पोखरेल (माओवादी केन्द्र), बिनाविभागीय (महोत्तरी १)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।