बनेपा– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लाका सबै स्थानमा वाम गठबन्धनले अग्रता कायम राखेको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार, प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगाबहादुर दोङले ३४ हजार ६०७, नेपाली कांग्रेसका तीर्थ लामाले ३३ हजार ३०मत प्राप्त गरेका छन् ।
यसैगरी सोहि क्षेत्रका प्रदेशसभा (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्र का रत्न ढकालले २५ हजार १०६ मत पाएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका सिवी लामाले १७ हजार ५९ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामाले १८ हजार ४४१ र कांग्रेसका गणेश लामाले १६ हजार ४२१ मत प्राप्त गरेका छन्।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले ३४ हजार ८२८ र काँग्रेसका मधुप्रसाद आचार्यले २३ हजार ५९५ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले १७ हजार २९७ र कांग्रेसका सुन्दरमणि आचार्यले ११ हजार ६०४ मत प्राप्त गरेका छन्।
प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका वसुन्धरा हुमागाईंले १८ हजार १०८ र कांग्रेसका कञ्चनचन्द्र वादेले १३ हजार ४४२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।