बर्दिया– बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमालेका नेता बामदेव गौतम पराजित भएका छन्। उनलाई नेपाली कांग्रेसका सञ्जय गौतमले ७ सय ५३ मतको अन्तरले हराएका हुन्।
वाम गठबन्धनका सूत्रधारमध्येका रहेका बामदेवले ४४ हजार ७६ मत ल्याएका छन् भने विजयी गौतमले ४४ हजार ८ सय २९ मत ल्याएका छन्।
पराजित भएसँगै बामदेव बर्दियाबाट काठमाडौं फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।