जनकपुर- कटुवा पेस्तोल र छुरासहित प्रहरीले एक जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका ९ बसनपट्टिका ४५ वर्षीय छोटेलाल साह रहेको प्रहरीले जनाएको छ।
सीमा प्रहरी चौकी बंजरा रौतहटबाट प्रहरी नायव निरीक्षक अक्षय कुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार इशनाथ नगरपालिका ४ ठुलो लत्मरी मन्दिर नजिकबाट १ थान कटुवा पेस्तोल, एकथान चक्कु लगायतको अन्य सामानहरू सहित उनलाई पक्राउ गरेको हो।
साहको साथबाट १ वटा ल्यापटप, नोकिया मोबाइल १ थान, पेन ड्राइभ १ थान, एन सेलको सिमकार्ड १ थान, नेपाली रुपैयाँ ५ हजार २ सय ५०, भारतीय रुपैयाँ ४ हजार १ सय समेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।