सिरहा– सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई दुई हजार बढी मतले पराजित गर्दै निवार्चित भएका हुन्।
श्रेष्ठले २३ हजार २ सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका असेश्वर यादवले २१ हजार २ सय १८ हजार मत प्राप्त गरेका छन्।
यसअघि श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट उठेका थिए। त्यो बेला उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग थोरै मतअन्तरले पराजीत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।