• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गणतन्त्र राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो

64x64
नेपाल लाइभ बुधबार, जेठ १५, २०७६  ११:१०
1140x725

आज म गणतन्त्र प्राप्तिको गौरवशाली स्मृति यहाँहरु समक्ष संक्षेपमा राख्न चाहन्छु। जनताको वलिदानपूर्ण संघर्ष र जनताकै आकांक्षाअनुरुप वंशाणुगत उत्तराधिकारको तन्त्रलाई तोडेर ११ वर्ष अघि आजकै दिन जननिर्वाचित संविधानसभाले गणतन्त्रको घोषणा गरेको थियो।

यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै, गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति आदरका साथ श्रद्धार्पण गर्न चाहन्छु।

गणराज्यहरुबाट सुरु भएको हाम्रो मुलुकको गौरवपूर्ण इतिहास प्राचीन सभ्यता, स्वतन्त्रता र उच्च मूल्यहरुद्वारा अनुप्राणित छ। जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता हाम्रो गौरवपूर्ण संस्कृति हुनै सक्दैन। जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य कुनै तर्क, तथ्य र वैज्ञानिक सत्यतामा आधारित छैन।

त्यसैले नेपालको गणतन्त्र नेपालीको महान उपलब्धी हो, जनताको संघर्ष र बलिदानको प्रतिफल हो। 
– गणतन्त्र– गणहरु, सर्वसाधारणको शासन व्यवस्था ।
– गणतन्त्र– जनताका प्रतिनिधिहरुले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली ।
– गणतन्त्र– जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने प्रणाली।
– गणतन्त्र– जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली।

अर्थात् गणतन्त्र नै वास्तविक अर्थमा जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली र परिपाटी हो। 

२०६५ सालमा आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरे। राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरे। जन्मजात श्रेष्ठताको प्रणालीको अन्त्य गरे। जुन प्रणाली नेपालमा सयौं वर्षसम्म चलेको थियो। 
तर, हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरु खासमा गणनायकहरु थिए। उनीहरु जनताबाट चुनिन्थे। उनीहरु पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा शासन सत्तामा पुग्ने सामन्तवादका संरक्षक राजा थिएनन्।
– राम्रो काम गर्न नसके गणसभाले उनीहरुलाई हटाएर नयाँ व्यवस्था गर्थ्यो।
– विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षीहरुले नायकत्व गर्थे। उनीहरुको सभामा दर्शन र संस्कृतिबारे शास्त्रार्थ हुन्थ्यो। महिलाहरुको उच्च स्थान थियो। गार्गी, मैत्रेयी र आरुणी जस्ता विदूषीहरु औंलो ठड्याएर ठूला विद्वानहरुलाई चुनौती दिने हैसियत राख्थे। 
– प्राचीन शाक्य गणराज्यका शुद्धोधन यस्तै गणनायक थिए। सिद्धार्थ गौतम त्यही परिवारमा जन्मेका थिए।
– मानव जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर द्रवीभूत भएका सिद्धार्थ त्यस्तो कूचक्रको अन्त्य गर्न सुख सयल, पारिवारिक माया र स्नेह सबै त्यागेर ज्ञानको खोजीमा निस्केका थिए। 
– चार सय एकसठ्ठी वर्ष अघि शाहवंशीय राजतन्त्र सुरु हुनुपूर्व, हरेक साल विजया दशमीको दिन हुने लिगलिगकोटको दौडमा जो जित्थ्यो, त्यही नै वर्षभरीका लागि राजा हुने परम्परा विद्यमान थियो।

समय क्रममा हाम्रो यस्तो गौरव गर्न लायक इतिहासमा अनेकौं आरोह–अवरोह उत्पन्न भए। संघले नायक चुन्ने र त्यही नायकले नेतृत्व गर्ने गणतान्त्रिक प्रणालीलाई समाप्त पारियो। बाहुबल, जालझेल र षडयन्त्रले भूमि र सत्ता कब्जा गर्ने अनि त्यसरी कब्जा गरेको भूमिलाई नियन्त्रणमा राख्दै आफ्ना सन्तान दरसन्तानलाई शासक बनाउने सामन्ती राजतन्त्रको शृंखला सुरु गरियो।

आजको दिन त्यो श्रृंखलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन हो। 

nimb
nimb
Ncell 2
Ncell 2

तसर्थ गणतन्त्र दिवस जनताको दिवस हो। आम नेपालीको दिवस हो। 

गणतन्त्रात्मक परम्परा हाम्रो आफ्नै स्वस्थ्य प्रतिस्पर्धाको परम्परा हो। हाम्रो गौरवपूर्ण परम्परालाई एकैछिन सम्झने कोसिस गरौं त, रजौटाकालीन समयमा पनि गणतन्त्रात्मक विधिबाट रजौटा छानिन्थे। दौडमा प्रतिस्पर्धा गरेर भए पनि जीत हासिल गरेरै राजा हुने प्रचलन त्यसैको उदाहरण थियो।

पछि बिना प्रतिस्पर्धा अस्वस्थ र हिंसाको बाटो अवलम्बन गरी राज्य सत्ता प्राप्त गर्ने चलन सुरु भयो। अनि, सत्ता भनेको जालझेल, षडयन्त्र, हिंसा र हत्या मात्रै हो भन्ने भान पार्न खोजियो। गलत मूल्य मान्यताहरुबाट देशलाई अगाडि बढाउने दुष्प्रयास हुँदै गयो। त्यससँगै हाम्रो गणतन्त्रात्मक परिपाटीको अन्त्य भयो।

तर जालझेल र षडयन्त्रले हाम्रो प्रतिस्पर्धात्मक परम्परालाई सधैंका लागि पराजित तुल्याउन सकेन। त्यो क्रमलाई हामीले तोडेरै छाड्यौं, गणतन्त्रको स्थापना गर्‍यौं। नेपाल र नेपालीको अग्रगमनका लागि नयाँ युगलाई स्वागत गर्‍यौं। त्यसैले गणतन्त्र दिवसलाई हामी उत्सव र चाडका रुपमा मनाइरहेका छौं। 

गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो। गणतन्त्र नेपाली जनताको ००७ सालभन्दा पहिलेदेखिको, १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिन हो। बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो।

शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र बहालीको संघर्षका पत्रपत्रमा समाहित छन्। लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर बलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड।

तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धीहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन्। यस्ता उपलब्धी हासिल गर्ने संघर्षका अनेक श्रृंखलामा हामीले जनताको अधिकार प्राप्ति, समाप्ति, पुनप्राप्ती जस्ता परिघटना व्यहोरेका छौं। 

त्यसैले हरेक वर्ष गणतन्त्र दिवसले हामीलाई एउटा प्रगतिशील परम्पराको सुरुवात भएको दिनको स्मरण गराउँछ। आजको दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन् भन्ने बताउँदैछ।

यो दिवसले हामीलाई गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्दैछ। गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा, गणतान्त्रिक प्रकृयाको मर्यादा गर्न सिकाउँदैछ।

गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेका हुन्। जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुन्छ। जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन। त्यस्तो व्यवहार वास्तवमा जनता, जनताको वलिदान र अधिकारको अपमान हुन जान्छ। जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्र विरुद्धकै व्यवहार हुन जान्छ। गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले गणतन्त्रका सम्पूर्ण अवयवको प्रबन्ध गरेको छ। साथै, गणतन्त्रका सन्दर्भमा देखिएको जनताको लगातारको सजगता, रक्षाका निम्ति प्रतिबद्धता र कृयाशीलता पनि प्रसंशायोग्य छ। आज हामी जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा छौं। त्यसका लागि विकास, समृद्धि, सुशासन एवं स्थीरता हाम्रो गन्तव्य हो। गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको अभियान हाम्रो मूख्य ध्येय हो।

मैले बारम्बार भन्दै आएको छु– गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्। यी सँगसँगै अघि बढ्न पनि सक्दैनन्। त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्। हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन्। 

विगत एक वर्षको अवधिमा हामीले सुशासन र विकासका लागि अवरोध पुर्‍याउने र आजको परिवेशमा असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र खारेज समेत गर्‍यौं। त्यही आधारमा आज सुशासन र विकाससम्बन्धी हाम्रा समग्र कदमहरु परिलक्षित छन्। सुशासन र विकासको स्पष्ट प्रतिवद्धतासहित सरकारको नीति तथा कार्यक्रम भर्खरै संसदले पारित गरेको छ। आगामी वर्षको हाम्रो गन्तव्य त्यसमा परिलक्षित छ।

समृद्ध नेपाल – सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा छ। सातै प्रदेश तथा ७ सय ५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु कृयाशील छन्। यी सबै सरकारलाई एउटै लय र तालमा उक्त गन्तव्यतर्फ अग्रसर गराउनु हाम्रो दायित्व हो।

छिमेक सम्बन्ध र अन्य मित्र राष्ट्र तथा संस्थाहरुसँगको हाम्रो कूटनीतिले आवश्यक स्रोत–साधन, सामर्थ्यको प्रयोग र सहकार्यमा थप अनुकूलता मिलेको छ। संविधान विपरित राष्ट्रिय अखण्डतामाथि चुनौती बनिरहेका शक्तिहरुलाई राष्ट्रिय मूल भावधारामा समाहित गर्ने काममा हामीले सफलता पाएका छौं। हिंसा र अस्थिरताको पक्षपोषण गर्ने शक्तिहरु छटपाटाएका छन्, नियन्त्रित हुँदैछन्। 

गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न हामीले रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएका छौं र उत्पादन वृद्धिमा जोड दिएका छौं। उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं। आमजनताको कष्ट निराकरण गर्ने दिशामा परिलक्षित विकासका आयोजनाहरु तीब्र गतिमा अघि बढेका छन्।

विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो। यसै कारण मैले भन्दै आएको छु– गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो। ‘सर्वजन हितायः सर्वजन सुखायः’ हाम्रो गणतन्त्रको आत्मातत्व हो। त्यसैले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं। 

यस संकल्पलाई सार्थक बनाउने मेरो दृढ उद्देश्य छ। त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ। हाम्रो साझा कर्तव्य पूरा गर्न अग्रसर हुन म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गणतन्त्र दिवसका अवसरमा पुनः आह्वान गर्दछु। 

गणतन्त्र दिवस २०७६ को शुभकामना।

(गणतन्त्र दिवस २०७६ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेको मन्तव्यको पूर्ण पाठ)

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्