रुपन्देही– रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका विष्णुप्रसाद पौडेल विजयी भएका छन् । उनले कांग्रेसका युवराज गिरीलाई २२ हजार ६३ मतले पछि परेर विजयको झन्ड फहराएका हुन्।
पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दा गिरीले २१ हजार ९ सय ४६ मत ल्याए। राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ३ हजार ५ सय ६८ तथा विवेकशील साझाका हरिकृष्ण अधिकारिले १३ सय २३ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।