बुटवल- प्रतिनिधिसभा रुपन्देही क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। उक्त क्षेत्रमा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ल ११ हजार ३ सय २ मतान्तरले पराजित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार रुपन्देही क्षेत्र नं ४ प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
उक्त क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले २० हजार ४१६ मत प्राप्त गरेका छन्।
यसैगरी, प्रदेशसभा (क) मा कांग्रेसका अष्टभुजा पाठक नौ हजार ६४ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका अजरत अलीले चार हजार ६३६ मत पाएकी छिन्।
यस्तै प्रदेशसभा ‘ख’ मा काँग्रेसका बसीउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले तीन हजार १२० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।