झापा ३ मा राप्रपा नेपालका उम्मेदवार राजेन्द्र लिङदेन विजयी भएका छन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई १३ हजार ४ सय ५८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। वाम गठबन्धनको समर्थन रहेका लिङदेनले ४४ हजार ६ सय १४ मत पाए। निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१ हजार १ सय ५६ मत प्राप्त गरे।
यस्तै, झापा ३ का प्रदेशसभाका दुवै सिट नेकपा एमालेल जितेको छ। एमालेका वसन्त बानियाँ र पूर्णसिंह राजवंशी प्रदेशसभामा विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।