बर्दिया – प्रतिनिधि सभा बर्दिया १ मा एमालेका बामदेव गौतमले मतान्तर घटाएका छन् । तर, जम्मा ५ हजार ७ सय ३९ मत गन्न बाँकी रहँदा उनी १ हजार ६ सय ५० मतले पछि परेका छन् । कांग्रेसका संजय गौतमले ४२ हजार ८ सय १५ मत पाएका छन् भने एमालेका वामदेव गौतम ४१ हजार १ सय ६५ मत सहित पछ्याइरहेका छन् ।
जम्मा ९९ हजार ५ सय २८ मत खसेको थियो । त्यसमध्ये गनिएकोमा ८८ हजार १ सय ९७ सदर र ५ हजार ५ सय ९२ बदर भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।