झापा– झापा प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओली २८ हजार ८ सय ४२ मतले अगाडि देखिएका छन्।
उनले नेपाली कांग्रेसका प्रतिद्वन्दी खगेन्द्र अधिकारीलाई पछि पारेका हुन्। पछिल्लो मतपरिणाम अनुसार ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गर्दा अधिकारी २८ हजार २ सय ९७ मतले पछि परेका छन्।
उक्त क्षेत्रमा संघीय समाजवादी फोरमका सत्यदेव यादवले १९ सय १५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।