सुनसरी- आफ्नै ३२ वर्षीया श्रीमती ललिता लिम्बूलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका-१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो।
छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।