रोल्पा— रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता वर्षमान पुन दोब्बर मतसहित विजयी भएका छन् । २० हजार भन्दा धेरै मतले उनले कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत ल्याए ।
प्रदेशसभामा पनि रोल्पामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ज प्रदेश सभा क मा माओवादी केन्द्रका कुलप्रशाद केसिले १८ हजार ५ सय १२ मत प्राप्त गरी विजयी भए । नेपाली काँग्रेसका सेरबहादुर महराले १० हजार ४ सय १ मत ल्याएका छन् ।
प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुन विजयी भए । उनले २४ हजार ४ सय ९० मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।