पाल्पा– पाल्पाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सोमप्रसाद पाण्डे विजयी भएका छन् । १० हजार भन्दा धेरै मतान्तरले उनले कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गरे । पाण्डेले ३४ हजार ८९९ मत ल्याए भने नेपालले २४ हजार ५५४ मत प्राप्त गरे । प्रदेशसभामा पनि वामगठबन्धन विजयी भएको छ । क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य निर्वाचित भएका छन् । उनले १६ हजार ४ सय २२ मत ल्याए । कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४ सय ७० मत ल्याएर पराजित भए ।
क्षेत्रनम्बर २ ‘ख’मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर विजयी भएका छन् । १६ हजार ४ सय २२ मतसहित उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका रामबहादुर कार्की ११ हजार ४९६ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।