झापा- प्रतिनिधिसभा झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व प्रकाश शर्माले मतान्तर घटाउँदै लगेका छन्। उनी वाम गठबन्धन (माओवादी) का सुरेन्द्रकुमार कार्कीभन्दा २ सय ४६ मतले पछाडि छन्।
पछिल्लो मतपरिणाम अनुसार सुरेन्द्र कार्की १८ हजार ७ सय ५७ मतले अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १८ हजार ५ सय ११ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।