काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीअन्र्तगत नेकपा९एमाले० बहुमत नजिक पुग्ने देखिएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको एक सय ६५ सिटमध्ये ४५ क्षेत्रमा एमालेले जित हात पारिसकेको छ भने थप ३६ स्थानमा उसको अग्रता छ ।
प्रत्यक्षतर्फ बहुमत हुन ८३ सिट आवश्यक हुन्छ । एमालेले करिब ८० सिटमा जित हात पार्ने देखिएको छ ।
गठबन्धनको दुई तिहाई
प्रत्यक्ष निर्वाचन प्रणालीमा वाम गठबन्धनले २ तिहाई ल्याउने लगभग पक्का भएको छ । १ सय ६५ सिटमध्ये दुई तिहाई ल्याउन एक सय १० सिट आवश्यक हुन्छ । एमालले ८० तथा माओवादी केन्द्र करिब ३५ क्षेत्रमा जित्ने देखिएको छ ।
माओवादी केन्द्रले १५ क्षेत्रमा जित हात पारिसकेको छ भने थप २० क्षेत्रमा उसको अग्रता कायम छ । गठबन्धनकै उम्मेदवार दुर्गा पौडेलले नेकपा मशालबाट प्यूठानमा अग्रता लिइरहेकी छिन् । जसअनुसार गठबन्धनले एक सय १५ सिट जित्ने देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।