हेटौंडा– मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई फराकिलो मतान्तरले हराउँदै एमाले उम्मेदवार कृष्ण प्रसाद दाहाल चिर्वाचित भएका छन् । अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् । ६ हजार भन्दा धेरै मतान्तरले दाहाल पराजित भएका छन् । दाहालको यो तेस्रो जित हो ।
उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक २०५१ मा मकवानपुरबाट निर्वाचित सांसद भएका थिए । त्यसयता उनले प्रत्यक्षतर्फ चुनाव जितेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।