काठमाडौं– महानगरिय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी अर्घखाँची सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो।
३० वर्षीय खनाल भगौडा प्रहरी भएको महानगरिय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले जानकारी दिए।
उनीहरूले वनस्थलीस्थित सनराइज बेकरी सपका सञ्चालकसँग आफूहरू प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूले ठगी गरी बैंकमा राखेको १ लाख रुपैया प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।