काठमाडौं- राजधानीको सुकेधारा विस्फोटनमा परी घाइते भएका छोटु ठाकुरको अवस्था गम्भीर रहेको छ। अन्दाजी ५० वर्षीय ठाकुरको थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
सोही घटनामा परी घाइते बनेका अन्य ४ जनाको भने ओम अस्पतालमा उपचार भइरहेको छ।
ओम अस्पतालमा उपचाररतमध्ये २ जनालाई आइसियुमा राखिएको छ। अन्य २ जनाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
घाइतेहरुको पूर्ण विवरण आउन बाँकी छ।
ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवका अनुसार घाइते ठाकुरको अवस्था गम्भीर छ।
कपाल काट्ने पेसा गर्दै आएका ठाकुर काम गर्ने स्थान नजिकै विस्फोट भएको थियो।
सोही विस्फोटमा परी २ जनाको मृत्यु भइसकेको छ।
घटनाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।