झापा– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापा–३ मा ८ हजार ७ सय ९० मतले पछाडि परेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार सिटौलाले १९७२२ मत ल्याएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले २८५१२ मत ल्याएर उछिनेका छन् । सिटौला सुरुवातदेखि नै पछाडि परेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।