हेटौंडा– मकवानपुरको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार विरोध खतिवडा विजयी भएका छन् । करिब १२ हजार मतान्तरले उनी विजयी भएका हुन् ।
खतिवडाले ४४ हजार ७ सय ४४ मतका साथ उनी विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ८५ मत पाएकी छन् । खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उनी २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।