तनहुँ– तनहुँका दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।
क्षेत्र नम्बर १ मा एमालेका कृष्ण कुमार श्रेष्ठ २३ हजार ३ सय ७४ मतका साथ अगाडि छन् । सो क्षेत्रमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको १८ हजार ९ सय ४९ मत छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार केदार सिग्देलले २३ हजार ९ सय ४ मतका साथ अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शंकर भण्डारीको २० हजार ६ सय ७५ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।