जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का राजेन्द्र महतो विजयी भएका छन्। महतोले कांग्रेस नेता विमलेन्द्र निधीलाई पराजित गरेका हुन्।
महतो २ हजार ९ सय ३ मत बढी ल्याएर विजयी भएका हुन्। अन्तिम मतपरिणाम अनुसार महतोले ३० हजार ७ सय ५० मत ल्याएका छन् ।
कांग्रेस नेता निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।