नेपालगञ्ज- बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमका इस्तियाक राई विजयी भएका छन्। उनी २१ हजार ५ सय २५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्राले १५ हजार ६ सय ४१ मत प्राप्त गरे। मतगणनाको नतिजा सार्वजनिक भए पनि बाँकेका मुख्य निर्वाचन अधिकृतले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।