काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेत बस्ने १५ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन्।
बालिकालाई बलात्कार गरेको आरोपमा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण विक र २१ वर्षीय विकास किसान रहेका छन्।
गत ७ गते राति बालिका शौचालय गएको अवस्थामा उनीहरूले डर देखाइ बालिकालाई जबरजस्ती करणी गरेका थिए।
बलात्कार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।