काठमाडौं- प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका नेपाली कांग्रेसका गगन थापाको विजय र्याली निकालिएको छ। मतगणना स्थल भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहबाट आज बिहान निकालिएको र्यालीमा कांग्रेसका कार्यकर्ता, शुभेच्छुकहरु सहभागी थिए।
त्यसअघि निर्वाचन आयोगका कर्मचारीले विजयी उम्मेदवार थापालाई प्रमाणपत्र दिएका थिए। काठमाडौं ४ मा पराजित उम्मेदवार नेकपा एमालेका राजन भट्टराईले सभागृहमै पुगेर थापालाई बधाई दिएका थिए।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।