जाजरकोट- नेत्रविक्रम चन्द 'विप्लव'को नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन्। मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ।
कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएको भन्दै जैशीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्लाको शान्तिसुरक्षामा दक्खल पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए।
यसभन्दा अगाडि विप्लव समूहका ३ जना कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन्। प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको खत्रीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।