काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का पराजित उम्मेदवार रवीन्द्र मिश्रले छोटो समयमै बिनासंगठन उम्मेदवारी दिँदा आफ्नो पार्टीलाई भरपर्दो विकल्पको रुपमा हेरिनु उत्साहजनक भएको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ को परिणामपछि प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीका संयोजक तथा उम्मेदवार मिश्रले आफूलाई विश्वास गर्ने मतदाता र सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
काठमाडौं १ मा पराजय बेहोरे पनि विवेकशील साझाले उम्मेदवारी दिएका अन्य स्थानको मतपरिणाम आउन बाँकी रहँदा मिश्रले समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेको उल्लेख गरेका छन्।
उनले अब देशभरि अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् देशको नेतृत्व गर्न आफूहरूलाई तयार पार्नु आफूहरुको चुनौती रहेको बताएका छन्।
विज्ञप्ति यस्तो छ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।